रीदेन महर्जन
किर्तिपुर_१ बाघ भैरव
हिरा र मोती के अमूल्य प्रिय ?
मलाई त तिम्रो माया नै अमुल्य लाग्छ २
सुन र चाँदी के अमुल्य छ र प्रिय ?
मलाई त तिम्रो अनुहारको कालो कोठी नै अमूल्य लाग्छ ।

मेरो जीवन उदासिन भए पनि
तिम्रो ओठको मुस्कान नै अमूल्य लाग्छ ।
जिन्दगीमा धेरै दुःख र पीडा पाए
त्यसैले मलाई आशुका दाना नै अमूल्य लाग्छ ।

को नै छ र मेरो साथ
अव त मलाई उदासिनता नै अमूल्य लाग्छ ।
जिन्दगीमा धेरै धोका र चोट पाएँ
त्यसैले मलाई विछोड नै अमूल्य लाग्छ ।
माया विना जिन्दगीमा सहनुसम्म सहे
तै पनि मलाई तिम्रो माया नै अमूल्य लाग्छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here