काठमाडौं- त्रिकोणात्मक सिरिजका लागि इङ्ग्ल्याण्ड टुरमा रहेको नेपालले आइतबार नेदरल्याण्ड र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग टी-२० क्रिकेट खेल्दै छ ।

आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको यो पहिलोपटक हो । नेपाल र नेदरल्याण्डबीचको यो मैत्रीपूर्ण खेललाई आईसीसीले अन्तर्राष्ट्रिय टी-२० को मान्यता दिएको छ ।

नेपालले दुई वर्ष अगाडि पनि लर्ड्स मैदानमा पुरानो क्लब एमसीसीसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल ४१ रनले विजयी भएको थियो ।

टी-२० को सिरिज खेल्न नेपाल एक साताअघि इङ्ग्ल्याण्ड गएको थियो । त्यहाँ नेपालले स्थानीय क्लबसँग चार वटा अभ्यास खेल खेलेको थियो । जसमा नेपालले तीनमा जित र एकमा हार व्यहोरेको थियो ।

त्रिकोणात्मक श्रृंखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । त्यहाँ बुधबार र शुक्रबार नेपाल र नेदरल्याण्डबीच खेल हुने छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here