नरेन्द्र विष्ट 
सचिव/कार्यकारी प्रमुख : शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था
शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था आठ वर्षअघि २०६७ साल चैत्र ८ गते स्थापना भएको हो । सहकारी क्षेत्रमा सुरुदेखि नै काम गर्दै आएका अनुभवी र शैक्षिक बेरोजगार युवाहरूकोे समूहले सहकारी क्षेत्रमा आफ्नो, समाजको तथा राज्यको भविष्य उज्ज्वल बनाउने दृढ संकल्प र उद्देश्य लिएर संस्था स्थापना गरेका हौं । सुरुमा यो संस्था बचत तथा ऋण सहकारी संस्थाको रूपमा दर्ता भएको थियो ।

संस्था स्थापनाकालदेखि नै न्युरोड प्युखामा कार्यालय राखी कारोबार गरेका थियौं । अपर्याप्त पुँजी, यथेष्ट ज्ञानको अभाव र अस्वस्थ प्रतिस्पर्धा भएका कारण संस्था सञ्चालनमा विभिन्न किसिमका समस्याहरू बेर्होनुपरेको थियो । यतिसम्म कि हाम्रो दैनिक कारोबार धान्न पनि तरलतालगायतका समस्याले हम्मेहम्मे परेको हामीसँग अनुभव छ ।  सुरुवाती तीनवर्ष यी विविध कारणले भनेबमोजिम प्रगति हासिल गर्न नसके पनि चौथो साधारणसभाबाट सञ्चालक समिति पुनर्गठन गर्दै विभिन्न क्षेत्रका अनुभवी र क्षमतावान् साथीहरूलाई समेट्दै नयाँ सञ्चालक समिति र व्यवस्थापनसमेत परिवर्तन गरेर व्यापक सुधारका कार्यहरू गरेका थियौं ।

यसैबीच संस्थाको थोरैमात्र सेयर सदस्य रहेको कालीमाटी क्षेत्रमा पहिलो सेवाकेन्द्र कालीमाटीमा स्थापना गरेका थियौं । सेवा केन्द्र विस्तारसँगै संस्थाको कारोबार र सदस्यता विस्तार उल्लेख्यरूपमा गर्न सफल भएका थियौं ।

संस्थाले आफ्नो रफ्तार कायम राख्दै गयो र कारोबार वृद्धि गर्दै जाने क्रममा लगानीका विभिन्न किसिमका विकल्पहरू खुला राख्ने र संस्थालाई बहुउद्देश्यीय प्रकृतिको बनाउने निर्णय भयो । त्यसैअनुरूप २०७१÷७२ मा संस्थालाई डिभिजन सहकारी कार्यालय काठमाडौंबाट बहुउद्देश्यीय सहकारी संस्थाको स्वीकृति लिई शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको रूपमा कारोबार अघि बढाएका थियौं ।  त्यसैक्रममा वैभवशाली बचत तथा ऋण सहकारी संस्था सामाखुसीसँग एकीकरण गरी संस्थाको दोस्रो सेवा केन्द्र सामाखुसीमा सेवा केन्द्र स्थापना गरी कारोबार सुरु गरेका थियौं । चाबहिल क्षेत्रमा पनि सदस्यता विस्तार भएको कारणले चाबहिल क्षेत्रमा रहेको शुभागमन बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण गरी यही आर्थिक वर्षबाट चाबहिलबाट पनि एकीकृत कारोबार सुरु गरिसकेको छ । हाल संस्थाको न्युरोडमा प्रधान कार्यालय रही सामाखुसी, चाबहिल र कालिमाटीबाट कारोबार गरिरहेको छ । काठमाडौं जिल्लाभरि कार्यक्षेत्र रहेको संस्थाको हालसम्म ४ हजार सदस्य पुगेका छन् ।                  एक अर्ब १० करोड बराबरको कारोबार गरिरहेको छ । बहुउद्देश्यीय प्रकृतिको संस्था भएको हुँदा नैकापमा सहकारी आवासक्षेत्र स्थापना गर्ने निर्णय गरेको छ । यद्यपि यो काम अघि बढिसकेको छैन । सात जनाको सञ्चालक समिति, तीन जनाको लेखा समिति, तीन जनाको ऋण उपसमिति, तीन जनाको शिक्षा उपसमिति, तीन जना सल्लाहकार समिति रहेको छ । झन्डै एक सय जना कर्मचारी रहेका छन् । संस्थाले झन्डै नौ सय जनालाई कर्जा प्रवाह गरेको छ । ऋण लिएर सदस्यहरू व्यवसाय र केही उत्पादनमा समेत लागेका छन् ।संस्थाको ११ करोड चुक्त पुँजी रहेको छ । सम्पूर्ण युवा समूहले सञ्चालन गरेको यस संस्थाले गुणस्तरीय सेवा प्रदान गर्दै नेपालकै उत्कृष्ट सहकारी संस्थाको रूपमा स्थापित हुने लक्ष्य लिएको छ । अबको दिनमा संस्थाको कारोबार बढाउनेभन्दा पनि व्यवस्थित र जोखिमरहित बनाउने नीति कार्यान्वयन गरेको छ।

आजभन्दा ६ महिनाअघि श्रीपथ बहुउद्देश्यीय सहकारीसँग एकीकरण गरेको तत्कालै कोटेश्वर तीनकुनेबाट आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । समान प्रकृतिका संस्थासँग एकीकरण गर्र्दै बलियो र मजबुत संस्था बनाउने हाम्रो नीति रहेको छ । विशिष्टीकृत संघमार्फत आगामी दिनमा नेपालको ऊर्जा र कृषि क्षेत्रमा लगानी बढाउने रणनीति संस्थाको रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here