जाजरकोट । नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ ।

कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन् । पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन् ।

सरकारी निकायले नष्ट गर्न बेवास्ता गरेपछि यस वर्ष नलगाड नगरपालिकाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा व्यावसायिक रुपमा अफिम खेती गरिएको र लागुऔषध कारोवारीले एक किलो अफिमको बारीमै आएर रु पाँच लाख मूल्य दिने गरेको खुल्न आएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीको भनाइ छ ।

सिँचाइ अभावले दुर्गमको पाखोबारीमा गहुँ, जौ, आलुलगायत खेतीको तुलनामा अफिमबाट मनग्य आम्दानी हुने भएपछि उक्त खेती मौलाएको हो । एक रोपनी पाखोमा दुई किलोसम्म अफिम उत्पादन हुने गरेको छ । स्थानीयवासीका अनुसार सोही पाखोमा अन्य खेतीबाट रु पाँच हजार पनि आम्दानी हुँदैन । दुर्गम गाउँमा लगाएको खेतीबाट अहिले अफिम निकाल्न थालिएको छ । असोजमा अफिमको खेती लगाउने, वैशाख र जेठमा निकाल्ने गरिन्छ । स्थानीयवासीले अफिमबाट प्रत्येक याममा रु एक लाखदेखि रु १० लाखसम्म आम्दानी गर्छन्  ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here