निर्देशक तथा अभिनेत्री झरना थापाले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’मा अनमोल केसीले काम गर्ने पक्का भएको छ ।

चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि झरना र निर्माता सुनिलकुमार थापाले यसको तेश्रो सिक्वेल बनाउने तयारी गरेका थिए । तर, नायक र नायिकाको बिषयमा लामो समयदेखि कन्फ्यूजन थियो । निर्देशक झरनाले अनमोललाई आफ्नो फिल्ममा अनुबन्धित गराउन सफल भएकी हुन् ।

ए मेरो हजुर ३ को युनिट केही समय देखि नायकको खोजीमा थियो । यो चलचित्रमा नायिकाको रुपमा सुहानी थापाले काम गर्दैछिन् ।

चलचित्र ‘ए मेरो हजुर २’मा अनमोल र सुहानीले काम गर्ने घोषणा झरनाले गरेकी थिइन् । तर, पछि कुरा नमिलेपछि नायक सलिनमान बनियाँ र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रमा काम गरेका थिए । गतबर्ष रिलिज भएको यो चलचित्र बम्पर हिट भएको थियो ।

चलचित्रलाई संजय लामाले खिच्नेछन् । चलचित्रको अहिले संगीत तयार पार्ने काम पनि भैरहेको छ । लभस्टोरी कथामा बन्ने चलचित्रमा नायक अनमोल केसीले काम गर्ने भएसँगै दर्शकमा उत्साह पक्कै हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here