निमा लामा तामाङ निर्देशीत ‘ए सोल्टिनी’ फिल्मको पोस्टर, गीत र ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय फिल्ममा अभिनय गरेका छन् ।


काठमाडौ उपत्यका वरिपरि खिचीएको फिल्मको प्रस्तुतकर्तामा पूर्णी तामाङ छिन् । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका हुन् । सार्वजनीक टे«लरमा कमेडी र प्रेम प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here