भक्तपुर –
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि देशभर एक हजार ४९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ ।

आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेदेखि कक्षा ११ को परीक्षा शुरु हुनेछ । परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । त्यसैगरी मंगलबारदेखि परीक्षाको प्रश्नपत्र छपाइ शुरु गरेको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here