तुलसीपुर । गर्मी बढेसँगै अस्पतालमा ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् । केहीदिनदेखि दाङमा गर्मी बढेसँगै यहाँका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । तुलसीपुरमा रहेको सरकारी राप्ती अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी उपचारका लागी आउने गरेका छन् ।

त्यसैगरी घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जानकारी दिएको छ । त्यस अस्पतालमा पनि ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् ।

गर्मी समयमा छाला सुख्खा हुनेहुँदा छालासम्बन्धी रोग देखापर्ने राप्ती उपक्षेत्रीय अस्पतालका रोग विशेषज्ञ डा प्रताप पोखरेलले बताउनुभयो ।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here