गर्मी समयमा धेरै जसो मानिसहरुले चिसो खान मन पराउछन् त्यसैले काँचो नरिवललाई पनि एक चिसो पोषक तत्वको  रुपमा मानिन्छ । पोषक तत्वले भरिपूर्ण काँचो नरिवलको पानी स्वाद र स्वास्थको दृष्टिकोणले एकदमै फाइदाजनक छ । यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाउँछ ।

नरिवलको पानीले रक्त सञ्चार प्रक्रियामा पनि सुधार ल्याउँछ । यसले रक्तचापको स्तर कम गर्नुको साथै मुटु र मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्छ । यदि तपाई आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने आफ्नो आहारमा नरिवलको पानी पनि समावेश गर्नुहोस् ।

पोषक तत्व र भिटामिन जस्ता रिबोफाल्विन, नियासिन, थियामिन, पैंटोथेनिक एसिड, कोलाइन र फोलेट्सको कारण यसमा एन्टी(वायरल र एन्टी(ब्याक्टीरियल गुण हुन्छ, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबूत बनाउँछ ।

चिकित्सकहरु महिलालाई गर्भावस्थामा नरिवलको पानी पिउन सल्लाह दिन्छन् किनभने यसले कब्जियत, शरीरको जलन, पाचनतन्त्रको गडबडीलाई भगाउन मद्दत गर्छ । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here