चितवन । नेपाली साङगीतिक क्षेत्रमा उदाउदै गरेको गायक सुरज कालाखेतीको स्वरमा सजिएको ‘झुम्कावाली’ बोल गीतको छायाङकन भर्खरै सकिएको छ ।

उक्त गीतमा शब्द संगीत राजेन्द्र बजगाईले गरेका छन् भने कोरियोग्राफर एलेक्स तामाङले गरेका हुन । सो गीतमा नेपाल गोल्डेन आइडल सिजन ५ की विजेता पष्पा अधिकारी र तामाङ आफैले अभिनय गरेका छन् ।

कमल खत्रीको आयोजनामा सुरु गरिएको कबर कम्पिटिसनमा विजयी भएका गायक कालाखेती नेपाल गोल्डेन आइडल सिजन ५ मा समेत दोस्रो रनरअफ हुन सफल भएका थिए ।

सो गीतमा चितवन जिल्लाकै सौराहा, रामपुर, तान्डी ,जस्ता रमाइला ठाउहरुमा भिडियो छायाङकन गरिएको छ । उक्त गीतको भिडियो अब छिट्टै सार्वजनिक हुने गायक कालाखेतीले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here