वीरगञ्ज – 
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज प्रम ओली द्धारा शिलान्यास गरिएको छ । छिमेकी मुलुक भारत नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकाले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

औराहामा निर्माण हुन लागेको सो प्रशोधन केन्द्र ८४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीब रु १० अर्ब को लगानीमा सो केन्द्र निर्माण हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here