काठमाडौं – ३३ किलो सुनकाण्ड र शनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे ले केन्द्रीय कारागार सुन्धारा स्थित गोलघर भित्रै केही साता अघि आफैले लगाएको सर्टले घाटीमा बाधेर पासो लगाएर आत्महत्याको प्रयास गरेका छन्।उनी कहिलेकाही अझै तनावमा आएको बेला टाँउको भित्तामा ठोक्ने गरेको कारागार स्रोतको भनाई छ। गोरेसंग कहिलेकाही भेट हुँदा उनी अझै रबाफिला कुरा गर्छन्, स्रोतले भन्यो। केही महिना अघि गोरेको मानसिनक अवस्थामा समस्या आएको भन्दै कारागाभित्रकै अस्पतामा चेक जाँच समेत गरिएको थिए।

जेठ २८ मा सुनसरीको झुम्का कारगारबाट ‘गोरे’ लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र छिरिङ वाङगेल घलेलाई काठमाडौं ल्याइएको थियो। उनीहरुको सम्पत्ति अनुसन्धानको लागि सम्पति सुद्धिकरण विभागले काठमाडौं झिकाएको थियो। ०७४ माघ ७ मा त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन काठमाडौं भित्र्याएर पनि गायब भए पछि शनम शाक्यको हत्या भएको थियो।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here