काठमाडौं- सती प्रथामा आधारित चलचित्र ‘झोला’ निर्देशन गरेर चर्चामा आएका यादवकुमार भट्टराई निर्देशित चलचित्र ‘भोर’ को ट्रेलर सार्वजनिक भएको छ। नयाँ वर्षको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

चलचित्र बैशाख २१ बाट प्रदर्शनमा आउँदै छ। तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेको यस चलचित्रको ट्रेलरमा पनि त्यस कुरालाई जोडिएको छ। कृष्ण धरावासीले लेखेको यस चलचित्रमा निर्देशक भट्टराई कै पटकथा रहेको छ।

देवेन्द्र प्रसाद सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झालगायतको अभिनय रहेको छ। दीपक बज्राचार्यले छायांकन गरेको यस चलचित्रलाई उज्जल ढकालले सम्पादन गरेका छन्।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here