असोज ११ गतेबाट अलनेपाल प्रर्दशनमा आउने यस वर्षकै बहुप्रतिक्षित चलचित्र ‘छक्का पंजा-२’सँग अर्को चलचित्र ‘मंगलम’ भिड्ने भएको छ । छविराज ओझाको निर्माणमा तयार भएको चलचित्र ‘मंगलम’ले पनि आफ्नो प्रर्दशन मिति असोज ११ गतेलाई नै फाईनल गरेको हो।

तसर्थ्, असोज ११ गते दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का पन्जा-२’ र नवल नेपालद्वारा निर्देशित अर्को चलचित्र ‘मंगलम’को चर्को भिडन्त हुने भएको हो।

केहि महिना अगाडिदेखी नै आफ्नो प्रचारप्रसारलाई तिव्र रुपमा व्यापक बनाउदै शुभचिन्तक बाट सकारात्मक प्रतिकृया बटुल्दै प्रतिक्षित बनेको चलचित्र ‘छक्का पन्जा-२’ र चलचित्र प्रदर्शन मिती नजिकिदै गर्दा पनि अहिलेसम्म कुनै पोस्टर गीत तथा ट्रेलर सार्वजनिक नगरेको चलचित्र मंगलमले भोलीबाट चलचित्र प्रचारप्रसारमा लाग्ने बताएको छ।

चलचित्र मंगलममा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका रहेको छ भने अर्को चलचित्र ‘छक्का पन्जा २’मा दीपक राज गिरी, वर्षा राउत, प्रियंका कार्की, स्वस्तिमा खड्का, बुद्धि तामांग लगायत अन्य कलाकारहरुको पनि अभिनय रहेको छ । यी दुइ चलचित्र ‘छक्का पन्जा २’ र ‘मंगलम’ मध्य कुनचलचित्रले मार्ला त बाजी त्यो हेर्न असोज ११ गते नै कुर्नुपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here