‘यसपटक मलाइ अवसर र चुनौैति दुवै छन् ।  जनताले साथ र सहयोग गर्नुहुन्छ भन्ने विश्वास पनि छ । भोट हालेर जिताउनुस मात्रै, तपाइहरुको साथ, माया र विश्वास खेर जाने दिने छैन ।’

-टिकाराम पराजुली


देश यतिबेला चुनावमय भएको छ । किसानहरुलाई धानवाली थन्क्याउने चटारो छ भने नेताहरुलाई मतदातासँग भोट माग्ने चटारो । यहि चटारोमै छन् सिन्धुपाल्चोकका परिवर्तनशील र विद्रोही स्वभावका टिकाराम पराजुली । पार्टीमा सवै युवाको भुमिकामा जोड दिने पराजुली उत्पिडीत समुदाय र वर्गको पक्षमा निरन्तर लागी रहने र पार्टीले दिएको निर्देशन पालना गरी निरन्तर पार्टीको एक सच्चा सिपाही भएर जनताको सेवामा लागिरहने पराजुलीको भनाई छ ।

विगत १५-१६ वर्षको राजनीतिक यात्राको अनुभव र समाज सेवाको अनुभवले आफूलाई चुनाव लड्न सक्षम बनाएको पराजुलीको भनाई छ । यसअघि माओवादी केन्द्रमा आवद्ध रहेका पराजुली अहिले बामगठबन्धन्को तर्फबाट ३ नम्बर प्रदेशको समानुपातिक उम्मदवार बनेका छन् । आफूले चुनाव जित्ने कुरामा उनलाई कुनै शंका छैन । उनी भन्छन् ‘चुनाव जित्छुनै भन्ने लाग्छ, किनकी मैले समाजका लागि गरेको कामको मुल्यांकन समाजले यसपाली गर्नेछ भन्ने लाग्छ मलाई’ ।

नि:स्वार्थ रुपमा, समाजमा पिछडीएका, आर्थिक रुपले कमजोर, घाईते तथा अशक्त भएका व्यक्तिहरुको अधिकार र हक हीतका लागि महत्वपूर्ण भुमीका निर्वाह गर्दै आएको उनको भनाई छ । यस्तै पराजुलीले समाज रुपान्तरण र पिछडिएका वर्ग र समुदायको सशक्तिकरण र उत्थानका लागि पनि निकै महत्वपूर्ण भुमीका निर्वाह गरेको उनको भनाई छ । त्यसैले जनताले आफ्नो कामको मुल्यंकन गरेर भोट दिने उनको विश्वास छ । उनी भन्छन् ‘ मैले गरेको सेवा र जनताको चाहनाले चुनाव जित्नेमा आशावादी छु । सदैव जनताको सेवा गर्ने दुखको सारथी बनी समृद नेपाल निर्माण गर्ने चाहना भएका कारण चुनाब जित्नेमा ढुक्क छु । जनताले सही मुल्याङ्कन गर्नुहुन्छ भन्नेमा बिश्वास्त छु ।’

निरन्तर जनताको साथमा भएको हुनाले जनताको चाहना र प्रतिकृया बुझ्ने राम्रो अवसर पनि आफूले पाएकाले उनलाई जनताले भोट दिनेमा कुनै शंका छैन । यदि चुनावमा पराजित भइहालेता पनि जनताकै सेवामा सदैव लाग्ने उनको प्रतिवद्धता छ ।

‘जनादेशलाई सर्वोपरी ठानी म सुध्रीन र समय अनुसार परिवर्तन भई अझ देश र जनताको हीतमा आफूलाई समाहित गर्न सदैव तयार रहने छु । मेरो यो सङ्कल्प चुनावको अङ्क गणितमा मात्रै सिमित हुनेछैन । चुनावमा हारजित जे भएपनि आफूलाई सधैँ जनताको हकअधिकार प्राप्ति र समानताका लागि उचित स्रोतसधानको बाँडफाडमा सदैव जोश जाँगरका साथ काम गर्नेछु’ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here