काठमाडौं-सञ्चारकर्मी तथा युवा गायक सञ्जय चौधरीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार युट्युव मार्फत उनको नयाँ गीत “डुबाई डुबाई”को भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा गायक चौधरीलाई र्यापर मधुरिपुले आवाजमा सहकार्य गरेका छन् । शब्द मधुरिपी र संगीत संजय चौधरीको रहेको छ । फराज अर्पणले निर्देशन गरेको म्यूजिक भिडियोमा संजय र मधुरिपुसंगै मोडेल निशा तामाङ फिचरिङ छन् ।

एक दशकभन्दा लामो समयदेखि नेपाली संगीत र सञ्चारकर्ममा सक्रिय रहँदै आएका गायक सञ्जयको यसअघि “तिमी आयौ तिमी आयौ”गल्ती मेरो छैन” र “तिमीले यो के गरेको”जस्ता गीतहरु स्रोता दर्शक माझ हिट रहेका छन् ।

इथोस व्याण्डसँग पनि आवद्द उनी जनता टेलिभिजनमा कार्यक्रम प्रस्तोता तथा निर्माताको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here