एकै व्यक्तिको मुखबाट १०० बढी फरक आवाज निस्किन्छ भन्दा पत्याउन मुस्किल पर्न सक्छ । तर यो वास्तविकता हो । कलाकार दिनेश काफ्ले त्यस्ता प्रतिभाशाली व्याक्ति हुन्, जसले आफ्नो मुखबाट फरक फरक एक सय बढी व्यक्तिको आवाज नक्कल गर्न सक्छन् । सिन्धुली जिल्ला साविक बालाजु गाविस वडा नं। ३ हालको तीनपाटन गाउँपालिकामा जन्मिएका उनी यही प्रतिभाका कारण देशविदेशमा समेत चिनिएका छन् । उनमा जन्मजात यो प्रतिभा देखिएको भने होइन । उनले आफ्नो मिहिनेत र लगनले आफूमा यो प्रतिभाको विकास गर्न सकेका हुन् । सायद त्यसैले पनि होला उनी अहिले यही प्रतिभामार्फत वल्र्ड रेकर्ड अर्थात् ‘गिनिजबुक अफ द वल्र्ड’मा नाम लेखाउने तरखरमा छन् ।

२०६४ मा एसएलसी दिएर उनी काठमाडौँ छिरेका थिए । सबैथोक काठमाडौँ नै हो भनेर कलाकार बन्ने सपनासहित छिरेका उनी अध्ययनका लागि प्लसटु भर्ना भए । प्लसटु पढ्दै गर्दा उनका कहिलेकाहीँ कलाकारको नक्कल गर्ने रहर पलाउँथ्यो । तर त्यति बेला नक्कल क्यारिकेचर भन्ने थाहा थिएन उनलाई । कलाकार बन्ने भूतले शैली थिएटरमा उनी नाटक पनि सिक्न थाले । ‘टिभीमा आउन के गर्नुपर्छ भनेर बुझ्दै जाँदा अभिनय सिक्न र पढ्नुपर्ने बुझे ।’ उनले भने ‘टिभीमा देखिने कलाकार बन्छु भनेर नाटक सिक्न थालेँ ।’

टिभीका कलाकार भनेपछि हुरुक्कै हुन्थे उनी । एक दिन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम हेर्ने पुगेका थिए । त्यहाँ कलाकार मनोज गजुरेले माधव नेपाल बनेर क्यारिकेचर गरेको देखे । त्यसले उनको मन छोयो । घर फर्केपछि त्यही प्राक्टिक्स गरे । त्यतिबेला टेलिभिजनमा मेरी बास्सै भन्ने सिरियल एक एकदमै हिट थियो । उक्त सिरियलको माग्ने बुढो उनलाई धेरै मनपथ्र्यो । उनकै क्यारिकेचर सिक्दै गर्दा दुई जनाको आवाज नक्कल गरे । सोही नक्कल स्कुलमा देखाए । सो समय माग्ने बुढाको ड्रेस लगाएर उनले माधव नेपालको क्यारेकेचर गरेका रहेछन् । अरूको कम्प्लेन गरेपछि मात्र उनले थाहा पाए ।

अनि जुर्यो जिन्दगी फरक तवर २०६८ मा उनले प्लसटु सकेका थिए । सोही समय स्कुलका शिक्षक, साथीहरू सबैले उनलाई क्यारिकेचर गर्न हौस्याए । उनी नाटक त सिक्दै थिए । क्यारिकेचर पनि थाले । स्ट्रगलको पिरेड भएकाले काठमाडौँमा बस्न, खान र अभिनयको पैसा तिर्न सहज थिएन । त्यसैले उनी घरमा रङ्ग लगाउने, बनिरहेको घरको फर्मा ओसार्नेलगायत जे पाउँथे सो काम गर्न थाले । ‘यो कामबाट धेरै गाह्रो भएपछि छोडेर म होलसेल पसलमा सामान डेलिभरी गर्न थालेको थिए’, उनले विगत सम्झिए– ‘बेलुका नाटक सिक्ने र दिनमा होलसेलमा काम गर्ने मेरो दिनचर्या थियो ।’ यही समय उनलाई सगरमाथा एफएमका रामनाथ घिमिरेले खुल्ला मञ्च भन्ने कार्यक्रममा अन्तर्वार्ता राखे । नवप्रतिभालाई ठाउँ दिने उक्त कार्यक्रममा इन्टरभ्यु दिँदै उनले क्यारिकेचर समेत गरे । त्यो इन्टरभ्युको राम्रो रेस्पोन्सले उनले रेडियो अडियोमा जागिरसमेत पाए । उनले थपे ‘रेडियोमा पनि क्यारिकेचर गर्ने नै जाखिर थियो ।’ रेडियोको जागिरले उनको जिन्दगी फरक तवरले गुड्न थाल्यो ।

तलब पाउन थालेपछि लाइफ स्टाइल फेरियो । कलाकारिताको टर्निङ प्वाइन्ट नै उनको रेडियो बन्यो । उनले कलाकारिताकमा सिक्नुपर्ने हाँस्यव्यङ्ग्यको जग रेडियोमा बसाले । रेडियोबाट आएको पैसाले उनलाई बाच्नसमेत सहज हँुदै गयो । ६ हजार २ सय थियो रेडियोमा उनको तलब । तलब पाउन थालेपछि लाइफ स्टाइल फेरिएको उनले बताए । ‘रेडियोमा जागिर चल्दै जाँदा म धेरैको क्यारिकेचर गर्न सक्ने भएको थिएँ ।’ उनले सुनाए ‘अफिसमा हाकिमको क्यारिकेचर गरेर समेत साथीभाइलाई हसाउँथे ।’ रेडियो कार्यक्रममको सिलसिलामा उनले झलनाथ खनालदेखि धेरै नेतासम्मको नक्कल गर्न पुगे । रेडियोबाटै ‘मेरी बस्सै’, ‘जय होस्’, ‘तीतो सत्य’ लगायतकका सिरियमा उनी भित्रिए ।

रेडियोमा एक वर्ष बित्दै गर्दा उनलाई एनसेल रोड सो अफर आयो । यो अफरमा पैसा र नाम दुवै थियो । अफरका लागि रेडियो छोडेर भ्याली बाहिर उनी हानिए । ‘यसको सिलसिलमा म माग्ने बुढाको ड्रेस लगाएर कार्यक्रम गर्थे । धेरैको क्यारिकेचर गर्थे, स्टाइन्डर कथामा हसाउँथे ।’ उनी भन्दै गए ‘यो कार्यक्रम सिलसिलामा मैले १४ अञ्चलको करिब ५५ जिल्ला घुमे । यो कार्यक्रमले नाम र दाम दुवै दियो ।

विभिन्न माध्यमबाट क्यारिकेचर कपी गरेका छन् उनले । केही व्याक्तिको भिडियाबाट सिक्न नसकेर भेटेर पनि सिक्नुपरेको छ । टिभीबाट मोटु पत्लुको क्यारिकेचर गर्न मलाई करिब एक वर्ष लागेको थियो । ‘धेरै पात्रको नक्कल गर्ने भएकाले कन्फ्युज हुन्छ होला भन्ने धेरैले सोच्छन्’, उनले कन्फिडेन्टसहित भने– ‘म एक आवज निकाल्दा निकाल्दै अर्को तुरुन्तै गर्न सक्छु ।’ दिमागामा पात्र खुल्ने बित्तिकै आवाज अटोमेटिकल्ली आउने उनले सुनाएँ ।

एक समय उनी रवि लामिछानेको क्यारिकेचर सिक्न मिडिया अगाडि बसेका थिए । ‘रवि लामिछानेको हाउभाउ, बोलीचाली सबै मेरा लागि कठिन थियो । सिक्दै मिलाउँदै रेकर्ड गर्दै सुन्दै गर्दा राष्ट्रपति विद्या भण्डारीसँग मिल्यो ।’ उनले भने ।

सन्तानमै नभएको कला यसमा आयो । अहिले उनलाई परिवारले भन्ने शब्द हुन् यी । ‘सबैले चिन्छन् । धेरै ठाउँ डुल्यो । आफन्तले पनि दिनेशको आफन्त भन्छन्’ उनको आमाले उनलाई सुनाउने गरेकी छन् । ‘पहिले परिवार बुबाको नामबाट चिनिन्थे । अहिले मेरो नामबाट चिनिन्छन्’ उनले थपे ‘मेरो कारणले परिवार र आफन्तको पनि परिचय फेरियो ।’ उनलाई पहिले हाँस्यकलाकार भनेर बोलाउथे धेरैले । अहिले क्यारिकेचर किङ भनेरसमेत बोलाउने गरेका छन् । हाँस्य व्यङ्ग्य क्षेत्रमा अब नयाँ तरिकाको विकास गर्नुपर्ने उनी बताउँछन् । रियालटी लाइफ सो स्टान्डर कमेडीमा अब रमाउनुपर्छ भन्ने उनको भनाइ रहेको छ । अमेरिकमा विस्व चर्चित कार्यक्रम ‘गठ ट्यालेन्ट’सो चल्ने गरेको छ । त्यहाँ भारतीयहरू धेरै पुगेका छन् । नेपालको तर्फबाट आफू पुग्ने उनले लक्ष्य रहेको छ । ‘उक्त कार्यक्रममा गएर नेपालको झण्डासहित आफ्नो प्रतिभा देखाउने इच्छा रहेको छ’, उनले आफ्नो अन्तिम लक्ष्य सुनाए ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here