“विश्व शक्ति बनेका भारत र चीनले आ-आफ्ना कार्ड फ्याक्दै दोहोरी खेल्दै छन भने अमेरिका जपान ले देखिने गरेर मादल बजाएका छन भने बाकी विश्व रमिते बनेको छ।”

“डोकलाम चीन-भुटान सिमा विवाद भारत र चीन वीच युद्द मुखरित भएको छ भने चीनले सिक्किमी कार्ड र भारतले दलाइ लामा अर्थात तिब्बती कार्ड फ्याक्दै छ।”

विश्वशक्तिका दाबेदार दुई राष्ट्र बिचको विवाद र संभावित युद्दले एक खालको शङ्का र हल्का सन्त्रास फैलाएको छ। यस्तो युद्द नहोस, यदि युद्द भयो भने नेपालको सामरिक तयारी, रणनिती, रक्षा, प्रतिरक्षा, पक्षता, तठस्ता आदिको बारेमा बेलैमा कुटनैतिक रणनीति बन्नु आवस्यक छ।”

 

डा. राजेन्द्र चापागाइ ‘आहत’ 
तिब्बत- भुटान सिमा क्षेत्र डोक लाममा भारतीय र चाइनिज सेना बिच घम्साघम्सी, ठेलाठेल भएको भिडियो न्युज केही दिन अघि भाइरल बन्यो। कुनै पनि बेला हतियार चल्न सक्ने र इतिहासकै ठूलो युद्दको खतराको चपेटामा अहिले भुटान र सिङो दक्षीण एसिया नै परेको छ। विश्व शक्ति बनेका भारत र चीनले आ-आफ्ना कार्ड फ्याक्दै दोहोरी खेल्दै छन भने अमेरिका जपान ले देखिने गरेर मादल बजाएका छन भने बाकी विश्व रमिते बनेको छ। भारतले तिब्बती कार्ड जुन पुरानो हो त्यही देखाउदा चीनले सिक्किमी कार्ड देखाउन थालेको छ। 017, July को पहिलो साता अर्थात यहि असारको अन्तिम हप्ता तिब्बती र सिक्किमी कार्ड देखाइए र चीन-भारत दोहोरी पनि खेलिए र खेलिँदै छ।
यतिखेर प्रयोग हुन थालेका छन तिब्वती र सिक्किमी कार्ड चीन र भारतका आ-आफ्नो रणगीतिक स्वार्थ अनुकुलमा भारतले निर्वासित तिब्वत सरकार प्रमुख लोब्साङ साङेलाई उत्तरी सिमा क्षेत्र अर्थात लद्दाखको पाङ-गोङ ताल छेउ पुगेर तिब्बती झण्डा फरफराउन लगायो जबकि यस भन्दा अघि भारतमा यस किसिमको चीन बिरोधी गतिबिधी हुन दिइएको थिएन। चीनलाइ सांकेतिक चुनौती दिदै भारतले तिब्वती कार्ड प्रष्ट देखाएको छ। प्रतिउत्तरमा चीनले पनि भारतलाइ सिक्किमी कार्ड देखायो। चीनको सरकारी मुखपत्र जस्तै मानिने Global Times ले July 5 अर्थात यहि असार २१ मा आफ्नो सम्पादकीय लेख्यो- ” सिक्किमलाई १९७५ को स्वतन्त्र राष्ट्रको हैसियतमा फर्काउन चीनले अग्रसरता लिनु पर्छ। यो चीनले फ्याकेको सिक्किमी कार्ड हो। भुटानको सुरक्षा दायित्व भारतको भएको दाबी गर्दै भुटानको आग्रहमा तिब्बत – भुटान सिमाना क्षेत्र ‘गोक लाम’ मा भारतले आफ्नो सेना तैनाथ गरी हस्तक्षेप गर्न सक्छ भने पाकिस्तानको आग्रह भन्दै भारत- पाकिस्तान बिबादित क्षेत्र कास्मिरमा पनि चीनले सैन्य हस्तक्षेप गर्न सक्छ कि सक्दैन? भन्ने गम्भिर सामरिक प्रस्न उठान गरेको छ चीन सरकारको आधिकारिक पत्रिका ग्लोबल टाइम्सले। विष्लेषकहरु यसलाइ चीनले देखाएको अर्को अर्थपूर्ण कार्ड ठान्दछन। यता गोक लाम सिमा तनाव भैरहदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदि पश्चिम यात्रामा ब्यस्त थिए। केही दिन अघि मात्र अमेरिका भ्रमण गरी ह्वाइटहाउसमा ट्रम्पलाइ भेटी सघन रणनीतिक बार्ता भइरहदा संचार माध्यम लेख्दै थिए , “भारतको उत्तरी बिबादित सिमा क्षेत्र “दोक्लाम” मा सिमा मिचेर बनाएको दाबी गर्दै चीनले त्याहा भारत द्वारा निर्माण भएका दुई सेना बङ्करहरु डोजर लगाइ ध्वस्त पारिदियो”।

चीनको यो चेतावनी को प्रतिउत्तर मा भारतीय स्थल सेनाध्य्क्ष बिपिन रावतले June 29 मा “आवस्यक परे भारत चीन पकिस्तान दुबै संग लड्न तयार रहेको” चेतावनी दिए


मोदि US रक्षामन्त्री जिम म्याटिससंग बार्तामा बसेको बेला चीनको ग्लोबल टाइम्स ले सम्पादकीयमा नै लेख्यो “चीनको तुलनामा भारतको सैन्य शक्ति नगण्य र अमेरिका बाट भारतले पाउने रणनितिक समर्थन नितान्त खोक्रो”। चीनको यो चेतावनी को प्रतिउत्तर मा भारतीय स्थल सेनाध्य्क्ष बिपिन रावतले June 29 मा “आवस्यक परे भारत चीन पकिस्तान दुबै संग लड्न तयार रहेको” चेतावनी दिएको लगत्तै चिनका सेना प्रबक्ता वु कियानले भारतका सेनाध्यक्षलाइ “इतिहासको शिक्षा ग्रहण गर्नु” भनी प्रतिउत्तर दिए। भारत पनि मौन बसेन र June 30 मा रक्षामन्त्री अरुण जेटलिले अर्को प्रतिउत्तर दिए, ” अहिले २०१७को भारत १९६२ को भारत होइन”। चिन ले पनि प्रतिउत्तर दिदै भन्यो चीन पनि १९६२को यथास्थितिमा नै बसेको छैन। विश्व शक्ति मानिने यी दुई राष्ट्रको यो दोहोरी कतै संभावित युद्दको पुर्बसुचना त होइन? भन्ने शंकाको बादल बिस्वमा र बिषेसत दक्षिण एसियामा राम्रै संग मडारिएको छ। चाख लाग्दो कुरा के छ भने,भुटान–तिब्बत सिमाको डोकलाम क्षेत्रमा भारतिय र चिनिया सैनिक आमनेसामने बन्दुकको टृगर तान्ने आदेस पर्खिएका बेला, ममता बेनर्जिले दार्जिलिङमा खाद्यान्न नाकाबन्दि लगाएर नेपाली भाषी जनता भोकभोकै पार्न प्रयास गरिन भने प्रधानमन्त्री नरेन्द्र मोदि ब्यस्त रहे अमेरिका पछि इजरायलको रणनितिक भ्रमणमा।

चाख लाग्दो कुरा के छ भने,भुटान-तिब्बत सिमाको डोकलाम क्षेत्रमा भारतीय र चिनिया सैनिक आमनेसामने बन्दुकको टृगर तान्ने आदेस पर्खिएका बेला, ममता बेनर्जिले दार्जिलिङमा खाद्यान्न नाकाबन्दि लगाएर नेपाली भाषी जनता भोकभोकै पार्न प्रयास गरिन भने प्रधानमन्त्री नरेन्द्र मोदि ब्यस्त रहे अमेरिका पछि इजरायलको रणनीतिक भ्रमणमा।


सन २०१३- २०१६ सम्म संसारकै सबभन्दा बढी हातहतियार खरिद गर्ने देश भनि किर्तिमान राखेको भारतलाइ हातहतियार सहित युद्दबिमानहरु दिन अमेरिका सहमत भएको छ भने मोदिले इजरायल बाट १ अरब डलर पर्ने अत्याधुनिक ड्रोन युद्द विमान सहित ३ अर्ब डलरका ट्याङ्कर, क्षेप्यास्त्र, राडर प्रणाली खरिद गर्ने सहमती अघि बढाएका छन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको इजरायल भ्रमणका बेला यहि अषाढ २० अर्थात July 4 मा इजरायलका प्र.म. बेन्जामिन नेतान्याहुले मन्त्रीपरिषदका सम्पुर्ण सदस्य सहित बिमानस्थलमा गइ मोदिलाइ उच्च स्वागत गए। यस्तो पुर्ण मन्त्री मण्डल सहितको स्वागत यस भन्दा पहिला अमेरिकाका राष्ट्रपतिलाइ मात्र गरिन्थ्यो। भब्य र सांकेतिक स्वागत पाए पछि ठाउँ, मान्छे अनि आफ्नो स्वार्थ अनुसार बोल्ने बिलक्षण बाक पटुता भएका मोदिले भने ” भारत इजरायल संग र भारत इजरायलका लागि” (India with Israel &India for Israel)। यो भनाइले इजरायलले आफुलाइ गरेको स्वागतलाइ उच्च सम्मान मात्र ब्यक्त गरेनन रणनितिक रुपमा इजरायल र भारतको सम्बन्ध ऐतिहासिक र अटुट रहेको समेत जानकारी दिए। बिस्वबिख्यात बहुराष्ट्रिय कम्पनी एलबिट कम्पनी ( Elbit Company) का अध्यक्ष ‘मिकि’ ( Mikey ) भनेर चिनिने माइकल फेडरम्यान ( Michael Federmann) समेत मोदिको स्वागतमा बिमानस्थल गएका थिए। मिकि यसरी कुनै पनि देशको राष्ट्राधक्षको स्वागतमा बिरलै मात्र जाने गर्दछन। मोदि बस्न मिकिको संसारकै नामुद होटल किङ डेभिड होटल (King David Hotel) लाई विशेष तयारिका साथ जिबाणुरहित बनाइएको थियो जहाँ केहिदिन अघिको भ्रमणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बसेका थिए। होटलमा थोरै फरक सजावट थियो, ट्रम्प आउदा स्वागतका लागि रेड कार्पेट राखिएको थिएन तर मोदिको स्वागतमा रेड कार्पेट समेत राखिएको थियो।
विश्लेषकहरु भारत-इजरायल रणनीतिक सम्बन्धले दक्षिण एसियाको रणनीतिक सन्तुलन बिथोलिन सक्ने तथा सिमाक्षेत्रमा तनाब र युद्दको नया आयाम सिर्जना हुने आशङ्का गर्दछन।
 अझै रमाइलो र कुटनीतिक कुरा त के थियो भने, विश्व शक्ति राष्ट्रका राष्ट्राध्यक्ष ट्रम्प जुन बिस्तरामा सुतेका थिए उहीँ बिस्तारामा मोदिलाइ सुत्ने ब्यबस्था मिलाइएको थियो। यो ब्यबस्थापनले पनि प्रसस्त रणनीतिक अर्थ राख्छ नै। हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार पाकिस्तानका सुरक्षा विश्लेषक गजफर अलिले मोदिको भ्रमण, उनले अमेरिका र इजरायल संग गरेको रक्षा र रणनीतिक संझौताबाट पाकिस्तानको सुरक्षा माथि पर्ने असरबारे इस्लमाबादले गंभिर भएर सोच्नु पर्ने र रक्षा तयारीमा रहनु पर्ने बताएका छन भने केही विश्लेषकहरु भारत-इजरायल रणनीतिक सम्बन्धले दक्षिण एसियाको रणनीतिक सन्तुलन बिथोलिन सक्ने तथा सिमाक्षेत्रमा तनाब र युद्दको नया आयाम सिर्जना हुने आशङ्का गर्दछन। अर्को तर्फ भुटान तिब्बत सिमा डोक लाम बिबादमा भारतिय सैन्य हस्तक्षेप भइ चीन भारत सम्बन्धमा चिसो र अमिलो पन फैलिदै शैका र चिन्ता हुदै युद्द मुखरित भइ रहेको बेला गत जुलाइ १० देखि भारत जपान र अमेरिका ले संयुक्त रुपमा आफ्ना ठुला युद्दपोत सहित बंगालको खाडिमा मालावार भनिने इतिहासकै ठूलो संयुक्त सामुन्द्री जल युद्द अभ्यासमा आफ्ना जलसैनिकहरु लाई अभ्यास गराइरहेका छन।
विश्वशक्तिका दाबेदार दुई राष्ट्र बिचको बिबास र संभावित युद्दले एक खालको शंका र हल्का सन्त्रास फैलाएको छ। यस्तो युद्द नहोस, यदि युद्द भयो भने नेपालको सामरिक तयारी, रणनिती, रक्षा, प्रतिरक्षा, पक्षता, तटस्ठता आदिको बारेमा बेलैमा कुटनैतिक रणनीति बन्नु आवस्यक छ।
विश्वकै सबै भन्दा ठूलो अमेरिकी युद्द पोत ‘निमित्ज’ र भारत जापानका पनि आ-आफ्ना ठुला युद्दपोत सहित तीन देशको यो संयुक्त सैन्य अभ्यास,चीनका बिरुद्द केन्द्रित युद्द अभ्यास हो र यसले तेश्रो विश्व युद्द समेत निम्त्याउन सक्छ भनेर केही विश्लेषकहरु भन्छन भने आत्तिएर तुरुन्त नबोल्ने ‘एसियाको स्लिपिङ्ग लायन’ भनेर चिनिने चीनले पनि आफ्नै खालको विश्लेषण र तयारी गरेको होला। यहि बेला डोक लाममा चीन-भुटान सिमा बिबाद भारत र चीन बिच युद्द मुखरित भएको छ भने चीनले सिक्किमी कार्ड र भारतले दलाइ लामा अर्थात तिब्बती कार्ड फ्याक्दै छ। सिङो एसिया, बिषेसत दक्षिण एसियालाइ यी विश्वशक्तिका दाबेदार दुई राष्ट्र बिचको बिबास र संभावित युद्दले एक खालको शंका र हल्का सन्त्रास फैलाएको छ। यस्तो युद्द नहोस, यदि युद्द भयो भने नेपालको सामरिक तयारी, रणनिती, रक्षा, प्रतिरक्षा, पक्षता, तठस्ता आदिको बारेमा बेलैमा कुटनैतिक रणनिती बन्नु आवस्यक छ। दुई बिस्वशक्ती देश बिचमा रहेको नेपाललाई पनि “कार्ड” बनाउने अदृस्य खेल खेलिएका हुन सक्छन, सरकार दुबै देश संग समदुरी कायम राख्दै सन्तुलित बिदेसनिति र कुटनीतिमा अडिनु पर्छ। भारत चिन बिच सामरिक युद्द नभइ हाले पनि शीत युद्द चर्किने निस्चित छ जस्को ठाडो प्रभाव नेपाल/ भुटान लगायत द. एसियालाइ पर्नेछ।
लेखक त्रि.वि.वि का सह -प्रध्यापक हुन्

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

1 COMMENT

  1. गहन विश्लेषण ।बधाई अनि शुभकामना सर

टिप्पणी

Please enter your comment!
Please enter your name here