काठमाण्डौँ – म्यूजिक भिडियो अहिले कलाकारका लागि आम्दानी र चर्चाको राम्रो माध्यम बनेको छ । हाँस्य टेलिसिरियल ‘भद्रगोल’की कलाकार रक्षा श्रेष्ठ म्यूजिक भिडियोमा राम्रैसँग जमिरहेकी छिन् । उनले मोडल रञ्जन रिजालसँग मोडलिङ गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘थाहा छ मेरो मुटुमा तिम्रो नाम छ’ बोलको गीतको भिडियोमा रक्षा र रञ्जनले मोडलिङ गरेका हुन् । नागेन्द्र श्रेष्ठको स्वर, दीपक शर्माको संगीत रहेको गीतमा अरुण तिवारीको शब्द छ । अमृत सुनवारको छायांकन, माधव बेलवासेको सम्पादन रहेको यो भिडियोलाई अमृत सुनवारले नै निर्देशन गरेका हुन् ।https://youtu.be/r1oQEDLLL2U

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here