सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालीकामा पर्ने लिस्तीकोटमा अवस्थित श्री उग्रचण्डी लिस्तीमाई मन्दिर परिसरमा चैत्र २४ गते देखि श्रीमद् भागवत पुराण आयोजना भइरहेको छ ।

एैतहासीक तथा पुरातात्विक संरचनाले भरिएको लिस्तीकोट क्षेत्रलाई पर्यटकीय क्षेत्र स्थापना गरी पुराना संरचनाको संरक्षण गर्नुका साथै सिन्धुबासीको शान्ति र समृदिका लागी सो कार्यक्रम आयोजना गरीएको हो ।

जुरे पहिरो, भोटेकोशीको बाढी, २०७२ को भुकम्प लगायत धेरै प्राकृतीक विपत्ती सिन्धु बासीले झेल्नुपरेकाले अब उप्रान्त कुनै दैवी तथा प्राकृतीक प्रकोप नहोस र तातोपानी नाका चाँडै खुलोस भन्ने कामनाका साथ आयोजित उक्त पुराण बैशाख १ गते सम्म संचालन हुने लिस्ती माई गुठी सेवा समितीले जनाएको छ ।

अरनिको राजमार्ग संचालन हुनु अघि लिस्तीकोट क्षेत्र नेपाल तिब्बत आवत जावत गर्ने मार्गको रुपमा प्रख्यात थियो र त्यस बेलाको टक्सार, भन्सार लगायतका सरकारी कामकाजका संरचना र अवशेषहरु अझै पनि देख्न सकिन्छ ।

लिस्तीकोट क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले “लिस्ती क्षेत्र एक चिनारी” पुस्तक समेत पुराण सप्ताहकै अवसरमा विमोचन गरिएको छ । सिन्धुपाल्चोक क्षेत्र नं १ का संसद् तथा पूर्व संचारमन्त्री अग्नी सापकोटाले लिस्तीमाई मन्दिर प्राङगानमै उक्त पुस्तक विमोचन गरिएका हुन् ।

सापकोटाले बाह्रबिसे तातोपानी क्षेत्रलाई ट्रान्जीट सिटीको रुपमा विकास गर्ने योजना रहेको धारणा राख्नुहुँदै लिस्तीकोट क्षेत्रलाई पर्यटन क्षेत्रमा विकास गर्न आवश्यक रहेको बताए । यस लगतै सापकोटा स्थानिय समुदाय, पार्टी प्रतिनिधी लगायतको साथमा तातोपानी नाका खोल्न पहल गर्न कोदारी पुगिएका हुन् ।

धार्मीक, एतिहासिक तथा पुरातात्विक महत्वको लिस्तीमाईको मन्दिर अरनिको राजमार्ग अन्तर्गत रहेको बञ्जीजम्प बाट करिब १५ किलोमिटर माथी पर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here