काठमाडौं – बेलायतको लर्ड्स क्रिकेट मैदानमा आयोजित त्रिकोणात्मक टि–२० प्रतियोगितामा नेपाल र नेदरल्याण्ड सिरिजको संयुक्त विजेता भएका छन्।

आइतबारराति भएका खेलमा दुवै टिमले एक- एक खेल जितेका थिए। मेरिलिवोन क्रिकेट क्लब (एमसीसी) लाई नेपाल र नेदरल्याण्ड्सले पराजित गरेका हुन्। तर नेपाल र नेदरल्याण्ड्सको खेल भने बर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो।

लर्डसमा टस हारि पहिला व्याटिङ शुरु गरेको नेदरल्याण्ड्सले ४ विकेटको क्षतिमा १६४ रन बनाउँदा पानी पर्न शुरु गरेको थियो। १६ दशमलब ४ ओभरमा पानी पर्न शुरु गरेपछि स्थगित भएको खेल पुनः सुचारु हुन सकेन्।  नेदरल्याण्ड्सका वेस्ले बेरेसीले ४४ रन बनाउँदा रियान टेन डसस्केचले ३७ रन जोडे। यसैगरी मिचले  रिप्पोन ३८ तथा स्कट एडवार्ड ३७ रनमा नट आउट रहे।

नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here