काठमाडौं – सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ । निर्वाचन आयोगले अस्वीकार गर्दा गर्दै पनि सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ । बिहीबार सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो ।

राजपासँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । तर आयोगले अस्वीकार गरेको थियो । सरकारले चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन । चुनाव सार्ने सहमति भएपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने प्रतिवद्धता जनाएको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here