बिबेक लम्साल /बैतडी

धेरै बर्ष देखि विभिन्न नया किसिमको तरिका हरुको कृषि मा प्रयोग भइ रहेको छ। देश को विभिन्न क्षेत्र मा विषम जलवायु, जल स्रोत को कमि तथा विभिन्न प्राकृतिक आपत जस्तैः पाला आदि को बावजूद खेती को महत्त्व बढीरहेको छ। किसान पछिल्लो केहि बर्ष देखि चिस्यान को संरक्षण को लागि विभिन्न उपाय जस्तैः सुकेका पात , पराल आदि को प्रयोग मा लागि रहेका छन । यस्को लागि सबैभन्दा राम्रो तरीका प्लास्टिक मल्च गर्नु हो ।
प्लास्टिक मल्च भनेको संयुक्त रूपमा बिरुवा को आस-पास को सतह लाई ढाक्ने प्रक्रिया हो जसबाट बिरुवा वा उस्को जरा को तापक्रम को बढने घटने प्रक्रियामा प्रभावकारी तरिका ले नियन्त्रण गर्न सकिन्छ ।

वर्तमान समय मा कार्बनिक मल्चींग को बढी मात्रामा सजिलोसँग नहुने कारण ले तथा बढी लागत को कारण ले प्लास्टिक मल्चींग एउटा रामो विकल्प हो । यो सजिलोसँग उपलब्ध हुन्छ र एउटा ठाँउ बाट अर्को ठाँउ मा लान सजिलो हुने र बिछाउन पनि सजिलो हुने हुन्छ ।

प्लास्टिक मल्चींग को फाइदाहरु
– बिरुवा को चिस्यान तथा तापक्रम नियंत्रण मा सहायक
– झार हरुको वृद्धि मा अवरोध
– हावा वा पानी बाट माटो को कटाई कम गर्द्छ
– बिरुवाको वृद्धि को लागि अनुकुल बाताबरण प्रदान गर्द्छ
– उत्पादनमा वृद्धि
प्लास्टिक मल्चींग
प्लास्टिक जब मल्चींग को रूपमा प्रयोग गरिन्छ त्स्लाई प्लास्टिक मल्चींग भनिन्छ । यो सस्तो, सजिलोसँग उपलब्ध हुने र सबै मोटाई अनि रङ्ग मा उपलब्ध हुन्छ ।
प्लास्टिक मल्चींग को प्रकार
प्लास्टिक विभिन्न रङ्ग जस्तै कालो , पारदर्शी, पहेलो/कालो , सेतो/ कालो , कालो/ रातो प्लास्टिक को रुपमा उपलब्ध हुन्छ । सामान्यत: कालो या सेतो कालो रङ्ग को प्लास्टिक मल्चींग मुख्यत: प्रयोग गरिन्छ ।
प्लास्टिक मल्चींग को को छनोट
येस्को छनोट खेती को आवश्यकता को अनुसार नै गरिन्छ जस्तै झारपात नियन्त्रण, तापक्रम लाई बढी कम गर्ने एवं रोग नियन्त्रण इत्यादि। सामान्यत: 90 – 120 सेमी चौड़ा प्लास्टिक को प्रयोग गर्नु पर्दछ जसकारण कृषि कार्य सजिलोसँग सम्पन्न हुन सकोस ।

प्लास्टिक को मोटाइ
यो सामान्यत: खेती को प्रकार एवं उसको समय को अनुसार छनोट गर्नु पर्दछ । विभिन्न खेती को लागि प्लास्टिक को मोटाइ निम्न प्रकार हुनु पर्द्छ
मोटाई 7 माइक्रोन मुंगफली , 20-25 माइक्रोन वार्षिक अवधि को खेती , 40-45 माइक्रोन द्विवार्षिक मध्यम अवधि खेती , 50-100 बहुवार्षिक लामो अवधि खेती
प्लास्टिक बिछाउने तरिका
प्लास्टिक लाई बिरुवा लगाउनु भन्दा अगाडी नै प्रयोग गरिन्छ । खेत मा क्यारी बनाउने को साथै प्लास्टिक को बिछायर किनारा बाट दबाईन्छ । येस्को लागि कामदार लगायेर गर्दा समय वा धन दुबै को नोक्सान हुन्छ । अत: वर्तमान समय मा ट्रेक्टर द्वारा प्लास्टिक बिछ्याउने मेसिन पनि उपलब्ध छ ।
प्लास्टिक बिछ्याउने समयमा निम्न कुरा को ध्यान दिनु पर्द्छ
– मल्चींग सब्जी को खेती जस्तै टमाटर, गोबि आदि को लागि प्रयोग गारिन्छ ।
– प्लास्टिक मा प्वाल ठुलो पाएप हतौदा तथा पंच को माध्यम बाट बनाइन्छ
– खेती को लागि चाहिने मल खाद हरु प्लास्टिक भुइँमा बिछ्याउने भन्दा पहिलै मिलाउन एकदम उपयुक्त हुन्छ
– बीउ वा बिरुवा प्लास्टिक को प्वाल को सिधा लगाउनु पर्दछ

सिंचाई व्यवस्था
प्लास्टिक मल्चींग प्रयोग गरिएको खेती मा ड्रिप सिंचाई विधि उपयुक्त हुन्छ । यो विधि मा लेटरल लाई प्लास्टिक को मुनि राखिन्छ जसबाट सिचाई राम्रोसँग र सजिलोसँग हुन्छ तथा बिरुवा को चिस्यान को नियंत्रण हुन्छ । अथवा लेटरल एवं ड्रिपर लाई प्लास्टिक को माथि राखेर पातलो पाएप को माध्यम बाट वा प्लास्टिक मा छिद्र बनायर पानी को प्रवाह सुनिश्चित गरिन्छ ।
प्लास्टिक को हटाउने एवं7पुन प्रयोग
प्लास्टिक लाई खेती को कटाई को पछि खेत बाट हटायर सहि तरिका सग पुनः प्रयोग को लागि राख्नु पर्द्छ , यदि यो प्रक्रिया गरियेन भने खेत मा प्लास्टिक प्रदूषण को समस्या हुन सक्द्छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here