काठमाडौं – फिल्म ‘लिलिबिली’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । प्रदीप खड्का, जसिता गुरुङ, अनुपविक्रम शाही फचरिङ ट्रेलरमा माया, प्रेम, विछोड, द्वन्द्वजस्ता कुरालाई देखाइएको छ।

ट्रेलरमा प्रियंका कार्की र सविन श्रेष्ठलाई एकपटक मात्र देख्न सकिन्छ। १८ घण्टा पहिले युट्युबमा हलिएको ट्रेलरले यो समचार तयार पार्दासम्म २ लाख ३० हजार बढी भ्युज पाएको छ। युट्युब ट्रेन्डिङको ८ नम्बरमा रहेको यस ट्रेलरमा १० हजार बढी लाइक र ६ सय डिसलाइक आएको छ। ट्रेलरमा १६ सय ५५ प्रतिक्रिया आएका छन्।

चैत ३० गतेबाट प्रदर्शनमा आउने फिल्ममा मनीष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्सलगायतको पनि अभिनय छ। ‘काफिया फिल्मस’, ‘सुदीप खड्का प्रोडक्सन’ र ‘चाम्स इन्टरटेनमेन्ट’को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सको पनि लगानी रहेको छ । भिड्यो सहित:https://youtu.be/DyAQJ8ZZ_SM

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here