काठमाडौं । गायक सुरज कालाखेतीको स्वर र राजेन्द्र बजगाईको शब्द संगीतमा रहेको ‘झुम्कावाली’को भिडियो सार्वजनिक भएको छ ।

अहिले पछिल्लो समयमा निकै चर्चा बटुलिरहेका गायक कालाखेतीको यो दोस्रो गीत हो ।

चितवन जिल्लामा जन्मेका कालाखेती सानै उमेर देखि गायनमा रुची राख्थे । उनी जीवन र जगतलाई संगीतमा भरेर श्रोतालाई दिन चाहन्छन् ।

गायक कालाखेतीले पहिलो गीत ‘तिमी बिना’ सार्वजनिक भएको केहि समय पछि दास्रो गीत सार्वजनिक गरेका हुन् । सो गीतमा नेपाल गोल्डेन आइडल सिजन ५ की विजेता पष्पा अधिकारी र एलेक्स तामाङले अभिनय गरेका छन् ।

गायक कालाखेती कमल खत्रीको आयोजनामा सुरु गरिएको कबर कम्पिटिसनमा विजयी भएका थिए भने नेपाल गोल्डेन आइडल सिजन ५ मा दोस्रो भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here