काठमाण्डौँ – ‘फेमेली टाइम वीथ कपिल शर्मा‘ नामक कार्यक्रममार्फत उनी पुनः टेलिभिजन प्रवेश गर्न लागेका छन् । कमेडियन कपिल शर्मा नयाँ कार्यक्रम लिएर पुनः काँचको पर्दामा देखिने भएका छन् । कपिलको यो कार्यक्रम आउँदो २५ मार्चदेखि प्रशारण हुने भएको छ । कपिलको कार्यक्रमले ‘सुपर डान्सर–२’ लाई रिप्लेस गर्ने भएको छ ।

सार्वजनिक प्रोमोमा कपिलले घरमा काम गर्नेसँग चिया, पत्रिका माग्छन् । जवाफ आउँछ– ‘पहिला अघिल्लो महिनाको हिसाब चुक्ता गर, अनि मात्रै कुरा गर ।’ दुध र पत्रिकावालाले उधारो बन्द गरेको सन्देश दिन्छन् ।

त्यही बेला घरेलु कामदारले धम्कीको भाषामा भन्छिन्, ‘पुरानो पैसा नदिने हो भने भोलीदेखि काममा आउँदिन ।’कपिलको नयाँ शो घरेलु समस्यामा केन्द्रित देखिन्छ । फिरंगीको असफलतापछि कपिल विलकुल नयाँ कन्सेप्ट लिएर आएका छन् । हेर्न बाँकी छ उनको कन्सेप्ट दर्शकलाई मन पर्ने हो कि हैन र?

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here