काठमाडौं- असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘बोबी’को रोमान्टिक गीत रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले फिल्ममा समावेश आँखाको नानी बोलको गीत रिलिज गरेको हो।

उमेश थापा र कविता गुरुङको रियल स्टोरीमा बनेको फिल्मको भिडियोमा रियल जोडीलाई नै फिचर गरिएको छ। वसन्त सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा राजेशपायल राई र दीपा लामाको स्वर सुन्न सकिन्छ।

नर्वेको सुन्दर लोकेसनमा खिचिएको भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ। मिलन चाम्स निर्देशित फिल्ममा कविता र उमेशसँगै विजय लामा, रुवी राणा, देशभक्त खनाल, रश्मि भट्ट, सुरवीर पण्डित, रवि गिरी, इलियास थापा, वाल्दिप गिरी, शिशिर राणा, बादल भट्ट र पूर्णिमा लामालगायतको अभिनय रहेको छ।

फिल्मको पटकथा नरेश भट्टराई र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्। नवराज कृष्ण थापाले खिचेको फिल्मलाई वनीष शाहले सम्पादन गरेका छन्।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here