काठमाडौँ, २२ जेठ। नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको केही दिनमा भारतमा मूल्य घटेको छ ।भारत सरकार नियन्त्रित पेट्रोलियम बिक्रेता कम्पनीहरूले आज पेट्रोलमा प्रतिलिटर १३ पैसा मूल्य घटाएका छन् । डिजेलको मूल्यमा ९ पैसा कटौती गरिएको छ ।

अब दिल्लीमा पेट्रोल प्रतिलिटर ७७ दशमलव ८३ भारतीय रुपैयाँमा किन्न पाइने भएको छ भने डिजलको मूल्य ६८ दशमलव ८८ भारतीय रुपैयाँ कायम गरिएको छ ।

भारतमा स्थानीय करको दर अनुसार प्रान्तैपिच्छे पेट्रोल र डिजेलको मूल्य तोक्ने गरिएको छ । दिल्ली सस्तोमा तेल पाउने प्रान्तभित्र पर्छ । गत बुधबार इन्धनको मूल्यमा १ पैसाको कटौती गरिएपछि चर्किएको आलोचना र निन्दापछि अलि–अलि गरेर हालसम्म पेट्रोलमा ३९ पैसा र डिजेलमा २८ पैसा मूल्य घटाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here