काठमाडौं- विश्वकपअघिको मैत्रिपूर्ण खेलमा जर्मनी अस्ट्रियासँग पराजित भएको छ । विश्वकपको उपाधि दावेदार जर्मनीलाई अस्ट्रियाले २-१ ले हराएको हो ।

खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन ।

जर्मनीविरुद्ध खेलमा फर्कने क्रममा मार्टिन हिन्टनेरगरले ५३ औं मिनेटमा पहिलो गोल गर्दा दोस्रो गोल ६९ औं मिनेटमा गरेको थियो। त्यस्तै नर्वेले आइसल्यान्डलाई ३-२ ले पराजित गर्‍यो।

विश्वकपमा जर्मनी समूह एफ मा छ। यो समूहमा मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन्। जर्मनीले जुन १५ मा मेक्सिकोसँग खेलेर विश्वकप यात्राको सुरुवात गर्नेछ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here