नगेन्द्रराज पौडेल

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी युवा दिवस मनाउन थालिएको हो । राष्ट्र संघकै घोषणाअनुसार हरेक वर्षको १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ । नेपालले सन् २००४ देखि यो दिवस मनाउन थालेको हो । यस वर्ष ‘युथ विल्डिङ पीस’ भन्ने संयुक्त राष्ट्रसंघले तयार गरेको नारासहित नेपालले शान्ति र समृद्घिमा युवा भन्ने थप नारा बनाएर भोलि २८ साउनमा नेपालका ७५ वटै जिल्लामा यो दिवस मनाउने तयारी भएको छ ।

नेपालका सन्दर्भमा युवा दिवस

सामान्यतया शारीरिक र मानसिक विकासका दृष्टिले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई युवा भन्ने चलन छ । यो जनसंख्याको सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील समूह पनि हो । संसारभर युवाको परिभाषा उमेरका आधारमा फरकफरक रूपमा गर्ने गरिएको पाइन्छ । नेपालका सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरेको छ । नेपालको कुल जनसंख्यामध्ये यो उमेरको जनसंख्यालाई हेर्दा कूल एक करोड ६ लाख युवा रहेको देखिन्छ । कूल जनसंख्याका हिसाबले हेर्दा ४० दशमलव ३५ प्रतिशत यो समूहमा पर्छन् । यीमध्ये ३६ प्रतिशतभन्दा बढी युवाहरू अर्धबेरोजगार रहेका छन् । बर्सेनि ५ लाख ३८ हजार युवाहरू रोजगारीका लागि विदेसिने गरेका छन् । यो दर हेर्दा लगभग प्रतिदिन १ हजार ५ सयको हाराहारीमा युवाहरू विदेसिने गरेको तथ्यांकले देखाउँछ । जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्या रहेको, अत्यधिक ऊर्जावान जनसंख्याभित्र पर्ने यो वर्गलाई बाहिर पलायन हुनबाट जबसम्म रोक्न सकिँदैन, तबसम्म मुलुकले गति लिन सक्दैन । आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन् । उनीहरूलाई उचित शिक्ष दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृिद्घमा सरिक गराउनु आजको आवश्यकता हो । युुवा दिवस मनाउनुको सार्थकता पनि यसैमा छ ।

घरभरि बिराला मुसाको राज

युवाका हकमा काम गर्ने गरी विगतमा थोरै मात्र संस्थाहरू थिए । सुरुमा शिक्षा तथा खेलकुद मन्त्रालयको एउटा शाखाले मात्र युवासम्बन्धी गतिविधि हेर्ने गथ्र्यो । युवाको कामकै लागि भनेर २०६५ मा सरकारले युवा तथा खेलकुद मन्त्रालयको स्थापना पनि ग¥यो । मन्त्रालयको स्थापनासँगै राष्ट्रिय युवा नीति तर्जुमा गरी युवा विकास र परिचालनका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आए । युवाका क्षेत्रमा काम गर्ने गरी राष्ट्रिय युवा परिषद् ऐन २०७२ ल्याइयो । राष्ट्रिय युवा नीति २०७२ ल्याइयो । यसैका आधारमा युवा तथा खेलकुद मन्त्रालय मातहत रहने गरी २०७२ फागुनबाट राष्ट्रिय युवा परिषद्को स्थापना गरियो । यसले मन्त्रालयले तय गरेको युवा नीतिलाई कार्यान्वयन गर्ने काम गर्न थाल्यो । परिषद्अन्तर्गत रहने गरी जिल्ला युवा समिति र यसका कार्यालयहरू मुलुकका ७५ वटै जिल्लामा खोलिए । सीप विकास तालिम, युवा उद्यम, युवा परामर्शजस्ता कार्यक्रमहरू जिल्ला तहमा युवा कार्यालयले गत वर्ष सम्पन्न गरिसकेका छन् ।
आज युवाका लागि काम गर्ने भनेर एकातिर केन्द्रमा युवा तथा खेलकुद मन्त्रालय स्थापना गरिएको छ । युवाकै लागि काम गर्न केन्द्रमा विभागीय कार्यालयका रुसमा युवा परषिद् र स्थानीय तहमा युवा कार्यालयहरू छन् । सरकारी यी निकायमार्फत कार्यक्रम कार्यान्वयन हुन जरुरी, आवश्यक र सम्भावना पनि थियो । तर युवाका नाममा काम गर्ने गरी कैयौं कार्यक्रम अन्य सरकारी संस्थामार्फत वितरण गरिएको पनि पाइन्छ । युवा स्वरोजगार कोष, गरिबी निवारण मन्त्रालयमार्फत जाने कार्यक्रम, श्रम मन्त्रालय, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय समेतबाट कहीँ सोझै त कतै इकाई गठन गरेर युवाका नाममा कार्यक्रम वितरण हुने गरेको पाइएको छ ।

वास्तविक युवाको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा स्वरोजगारका सीपमूलक कार्यक्रमहरू सञ्चालन गरी प्रतिदिन १५ सयका हाराहारीमा विदेसिने गरेका आजका युवालाई स्वदेशमा टिकाउन सके मात्र वास्तविक रूपमा युवा दिवसले सार्थकता पाउने छ । शान्ति र समृद्घिमा युवाको सहभागिता रहेमा मात्र यो दिवस मनाएको औचित्य पुष्टि हुनेछ

वैदेशिक रोजगार प्रवद्र्घन बोर्डको आयोजनामा सरकारले गत आर्थिक वर्षमा १० हजार युवालाई एक महिने निःशुल्क तालिम दिएको देखिन्छ । जबकि उक्त आर्थिक वर्षमा ७५ वटा युवा कार्यालयहरूले यस्तै प्रकारको तीन महिने निःशुल्क तालिम दिएका थिए । बोर्डले १० हजारलाई एक महिने तालिम दियो, यी कार्यालयले १० जनालाई तीन महिने तालिम दिए, फरक यत्ति हो । श्रम तथा रोजगार मन्त्रालयले बोर्डलाई सो तालिमका लागि १५ करोड छुट्याएको र प्राविधिक कारणले सो रकमअनुसार पूरैलाई तालिम दिन नसकी रकम फ्रीज भएको प्रकाशमा आएको छ ।

यहाँनेर अचम्म के छ भने एकातिर ‘युवालाई स्वरोजगार बनाउन तालिम देऊ’ भनी गैर युवा कार्यालयलाई असीमित बजेट विनियजित गरिन्छ भने अर्कोतिर यही मात्र काम गर्ने हेतुले स्थापित कार्यालयका लागि समग्रमा ३० लाख हाराहारीमा मात्र वार्षिक बजेट विनियोजन गरेर ‘यही रकमले सबै काम गर’ भनिन्छ ।
हो, यहाँनेर तालमेल मिलाउन जरुरी छ । बग्रेल्ती संस्था खडा गरी कार्यक्रम छर्दा यस क्षेत्रमा के प्रगति भयो त ? युवाको अवस्था कहाँ थियो, कहाँ पुग्यो, यसको खोजिनीति हुन सकेको छैन । जसले जे गर्दा पनि हुने प्रवृत्ति हटाएर जुन कार्यालय जे गर्नका लागि स्थापित भएको हो उसलाइ त्यही काम गर्न दिनुपर्छ । सरोकारवाला कार्यालय कामविहीन हुने भिन्दै प्रकृतिको कार्यालयले काम गर्न नसकी रकम फ्रिज गराउने प्रवृत्ति नै आगामी दिनमा दोहोरिने हो भने युवा दिवस मनाउनु, नमनाउनुको कुनै अर्थ रहँदैन । जसले जे काम गर्नुपर्ने हो, उसलाई कार्य प्रकृतिका आधारमा उही काम दिइनुपर्छ । यसो हुँदा न बजेट फ्रिज हुन्छ न कार्यबोझ र समयाभावका कारण काम रोकिन्छ । यसका लागि यस क्षेत्रमा काम गर्ने अनेकौं संस्थालाई युवा कार्यालयमा एकीकृत गरी एकीकृत युवा विकास योजना बनाएर लागू गर्ने र यसको अगुवाई जिल्ला तहमा जिल्ला युवा कार्यालयले नगर्ने हो भने यस प्रकारको कार्यालय स्थापनाको औचित्य हुँदैन ।

सरकारी सम्पत्ति चारैतिरबाट छिरल्नु कदापि उचित होइन । यसैकारण यस क्षेत्रमा एकद्वार सेवा प्रणालीको अवधारणा बसाल्न आवश्यक भइसकेको छ । वास्तविक युवाको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा स्वरोजगारका सीपमूलक कार्यक्रमहरू सञ्चालन गरी प्रतिदिन १५ सयका हाराहारीमा विदेसिने गरेका आजका युवालाई स्वदेशमा टिकाउन सके मात्र वास्तविक रूपमा युवा दिवसले सार्थकता पाउने छ । शान्ति र समृद्घिमा युवाको सहभागिता रहेमा मात्र यो दिवस मनाएको औचित्य पुष्टि हुनेछ । हाम्रो लगानीले काम गर्नेछ । अन्यथा छरेका कार्यक्रमहरू र समारोह मनाउन तय गरिएका नाराले मात्रै युवाको वास्तविक चाहनाको प्रतिनिधित्व गर्न सक्ने छैनन् ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here