ताप्लेजुङ- ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकपको सेमी फाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी प्रवेश गरेको छ ।
आज भएको खेलमा युनाइटेड खर्साङ फुटबल क्लब दार्जेलिङ भारतलाई ट्राइबेकरमा ३–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी सेमी फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि थप गरिएको अतिरिक्त समय हुँदै ट्राइबेकरमा पुगिएको खेलमा राष्ट्रिय जागृति क्लबका जर्सी नं २ का रमेश राजवंशी, जर्सी नं ११ का दीपेन तामाङ र जर्सी नं १३ का उमेश कार्कीले एक एक गोल गरेका थिए ।

यसैबीच भोलि हुने पहिलो चरणको अन्तिम खेलमा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाइज काठमाडाँै र एम्ब्रोज क्लब मोरङले प्रतिस्पर्धा गर्नेछ । दोस्रो चरणको खेल १४ गतेदेखि र फाइनल खेल १६ गते हुने आयोजकले जनाएको छ ।

सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेलमैदानमा भइरहेको सो प्रतियोगिताको विजेताले तीन लाख एक हजार १११ र उपविजेताले एक लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

खेलकुदको माध्यमबाट पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरी जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको छ ।

लाखेजात्राका अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष खेल हुँदै आए पनि २०७४ सालदेखि नाम परिवर्तन गरेर यसलाई पाथीभरा गोल्डकप बनाइएको हो ।रासस

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here