प्रेमा संगम

यसरी परिवर्तन हुदैन
साहसले कदम उठाउनै पर्छ ।

यो नाशवान् जीन्दगीलाई
संघर्षको पाठ सिकाउनु पर्छ
सारा सांसरिकता त्यागेर
एउटा यात्रामा लड्नै पर्छ
कहिले विचारले लडौ,
कहिले तन,मन,धनले लडौ
अनि
वचन र वाणीले लडौ,
होइन भने बर्षौ पछि परेर
कुवाको भ्यागुतो झै
ट्वार – ट्वार गरेर
बाँझा खेतहरुमा
बेमौसमी गीत गाइरहेका हुनेर्छौ ।

अब यसरी हुदैन
ज्ञानको ढोका खोलेर
कर्मको बाटो हिडेर
जीन्दगीको शिखर चुम्नुपर्छ ।
आफ्नो लक्ष्यमा पुग्न
एक पटक हामीले
निर्मम भएर उठौ
एउटा इतिहास बनाउन
जीन्दगीसँग लड्नै पर्छ ।

यो समाजसँग लड्नै पर्छ
आफैसँग लड्नै पर्छ ।।।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here