असार २९ गतेबाट रिलिज हुन लागेको एक्शन जनराको नारी प्रधान चलचित्र वीराङ्गनाको पोस्टर सार्वजनिक भएको छ । यो चलचित्रमा मुख्य कलाकारहरू शिल्पा पोखरेल, अनुप विक्रम शाही र पृथ्वी राज प्रसाई फिचर छन् । चलचित्रका कलाकारसँगै बाँदर र घोडालाई पनि देखाइएको छ । पोस्टरमा बाँदरको हातमा पेस्तोल राखिएको छ ।

यो चलचित्रमा हरिबोल लामाको छायाङ्कन र तारा थापाको सम्पादन रहेको छ । दीपक शर्माको सङ्गीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको यस चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सुमि चाम्लिङ राई सह निर्माता हुन् ।

राज बहादुर सानेले निर्देशन गर्ने यस चलचित्रमा शिल्पा, अनुप र पृथ्वी सँगै धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here