काठमाडौं- स्वतन्त्र बिद्यार्थी युनियनको अगुवाइमा संयुक्त बिद्यार्थी संगठनले कोटेश्वर बहुमुखी क्याम्पसको लेखा शाखा र प्रशासन शाखामा ताला लगाएको छ ।

क्याम्पस प्रशासनले स्वबियु संग बिना सहमति र बिना जानकारी शुल्क वृद्धि गरेको स्वबियुको हिसाब आज सम्म पनि दिन नसकेको , बिद्यार्थीलाई दिनु पर्ने आधारभुत आवश्यकताहरु बाट बन्चित गरि शुल्क मात्रै वृद्धि गरेकाले स्वबियु बाध्य भएर ताला लगाएको स्वबियु अध्यक्ष माधव अधिकारिले जानकारी दिए र हाम्रो मागहरु पूरा नभए हामी थप आदोलनका कार्यक्रम गर्ने पनि जानकारी दिए ।

कोटेश्वर क्याम्पसमा हाल कक्षा ११ देखि मास्टर सम्म पढाई हुने गरेको छ र त्यहाका ब्यबस्थापन कमिटिका अध्यक्ष पुर्ब परराष्टमन्त्री महेन्द्र बहादुर पाण्डे र उपाध्याय ३२ नम्बर वडा अध्यक्ष नमराज पराजुली रहेका छ्न् ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here