जेठ २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मट्टमिाला’को ‘तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक भऐको छ । ‘मट्टमिाला’मा कमेडी बुद्दि तामाङलाई दर्शकले यसपटक भने रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

सुमन राई र अमृता लिम्बुको आवाज रहेको यो गीतमा सुमन राइको संगीत, रोशन भट्टराइको शब्द छ । राजेश पुमाले कोरियोगं्राफी गरेको गीतको भिडियोलाई राहुल राइले खिचेका हुन भने अनिलकुमार महर्जनले सम्पादन गरेका हुन् ।

टेके पौरखी राइको निर्देशनमा तयार भएको यो चलचित्रले कमेडी र सस्पेन्सलाई देखाउन खोजेको छ । चलचित्रमा बुद्दि तामाङ, रजनी गुरुङ, प्रियंका कार्की, शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा टेके राइकै कथा र संवाद छ भने पृथ्वी राइले यो चलचित्रलाई निर्माण गरेका हुन् ।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here