-नरेन्द्र विष्ट

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिबिर संचालन भएको छ। सामाजिक बिकाश तथा सचेतना समाज (स्वदेस) बैतडीको आयोजना तथा सामजिक मन्त्रालय प्रदेश नं ७ र दोगडाकेदार गाउँपालिकाको आर्थिक सहयोगमा उक्त शिबिर संचालन भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय बैतडी र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाकेको प्राबिधिक सहयोगमा संचालित उक्त शिबिर मार्फत नाक कान घाँटी दन्त सेवा जनरल फिजिसियन परिवारनियोजन (आईयुसीडिर र ईम्पलान्ट) र महिलाको पाठेघर खस्ने जस्ता रोगी हरुको निशुल्क उपचार भैरहेको छ।

साथै उक्त शिबिर बाट रिफर गरिएका बिरामीको नेपालगन्ज मेडिकल कलेज स्थित शिक्षण अस्पताल कोहलपुरमा मा उपचार ५०% छुट हुने जानकारी उक्त अस्पतालका कोर्डीनेटर अब्दुल हुसेन खानले दिनुभएको छ।

विशेष औपचारिक कार्यक्रम मार्फत उद्घाटन भएको स्वास्थ्य शिबिरको प्रमुख अथिती प्रदेस नं ७ का सामाजिक बिकास मन्त्री दिर्घ सोडारी रहनुभएको थियो भने अन्य अथिती हरुमा प्रदेश नं ७ कै माननीय लिलाधर भट्ट त्यस्तै गरि जिल्लाका सरकारी एबम् गैर सरकारी कार्यालयका प्रमुख एबम् प्रतिनिधि को समेत उपस्थिति रहेको थियो ।

स्थानिय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले विभिन्न सरकारी एबम् गैर सरकारी निकाय सङ्गको सहकार्यमा उक्त शिबिर संचालन भएको गाउँपालिका अध्यक्ष चक्र कार्किले बताउनुभयो।

स्वास्थ्य सेवा लिनका लागि भिन्न ठाँउ बाट शिबिर स्थल पुगेका बिरामीहरु आफुले आफ्नै ठाँउमा विशेषज्ञ डाक्टर पाएकोमा खुसी समेत ब्यक्त गरेका छन।

साथै शिबिरको अवधी सम्म जिल्ला प्रसासनले नागरिकता वितरण कार्य पनि गर्ने जनाएको छ। शिबिर दुई दिन सम्म चल्नेछ। त्यस्तै जेठ २१,२२ गते मेलौली नगरपालिका,२३,२४ गते शिबनाथ गाउँपालिका र २५,२६ पन्चेश्वर गाउँपालिकामा मा चल्ने शिक्षण अस्पताल कोहलपुर बाकेका कार्यक्रम सयोजक अब्दुल हुसेन खानले बताउनुभएको छ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here