फिल्म ‘माछा माछा’को निर्माण हुने भएको छ । सुनिल गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्मले तीन जना गाउँले यूवाहरुले आफूलाई शहरमा स्थापित गर्नका लागि संघर्षको गरेको कथालाई उठान गर्नेछ ।

फिल्मको मुख्य तिन पात्रका रुपमा नायक सौगात मल्ल, विजय बराल र अनोज पाण्डे देखिदैछन् । साथै यो फिल्ममा प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणी नेपाल, पुस्कर लगायतको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन काठमाण्डौ, भक्तपुर र ललितपुरमा गरिनेछ ।

यो फिल्मलाई रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचन्द्र रौनियारले निर्माण गर्दैछन् । सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायांकन १ महिनामा सक्ने योजना निर्माणपक्षको छ ।

आजबाट काठमाण्डौको गौरीघाटलाई लोकेशन बनाउँदै यसको छायांकन सुरु गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here