काठमाडौं १४ जेठ। लगभग ४५ लाख रुपैयाँ ब्लडमनी तिरेर नवलपरासीका थानेश्वर भुसाल साउदी जेलबाट छुटेका छन् ।जेल परेको ५ वर्षपछि भुसाल छुटेका हुन् । वैदेशिक रोजगारीका लागि २०६८ साल असोज ६ गते साउदी अरव गएका उनी २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए ।

उनले चलाएको सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु भएको थियो । दुर्घटना भएको झण्डै एक वर्षपछि नेपाल आउन लाग्दा उनी पक्राउ परेका थिए ।

उनलाई छुटाउन विभिन्न देशमा रहेका नेपाली, एनआरएन लगायतका सामाजिक संघसंस्थाले सहयोग गरेका थिए । ४५ लाख रुपैयाँ ब्लडमनी जुटाउन नेपाली संघसंस्थाहरुले निकै ठूलो भुमिका खेलेका छन् ।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here