काठमाण्डौँ – यौन दुर्व्यवहार गरेको आरोपमा जापानमा एक नेपाली युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी टोकियोले सडकमा हिँडिरहेकी महिलालाइ यौन दुर्व्यवहार गरेको आरोपमा नेपाली युवालाई पक्रेर कारवाही अघि बढाएको हो ।

टोकियो प्रहरीले नेपाली युवा अनुज देवकोटालाई पक्रेर कारवाही थालेको जापानी मिडियाहरूले उल्लेख गरेका छन् । प्रहरीकाअनुसार देवकोटाले २५ नोभेम्बरको विहान सडकमा हिँडिरहेकी ३० वर्षिय महिलाको गोप्य अंग समातेर यौन दुर्व्यवहार गरेका थिए ।

प्रहरीका अनुसार जबर्जस्ती गर्न खोज्दा महिलाको स्तन र चिउडोमा चोट लागेको थियो । प्रहरी हिरासतमा रहेका देवकोटाले आरोप अस्वीकार गरेका छन् । उनले ती महिलालाई बोलाएको तर अन्य केही नगरेको दाबी गरेका छन् । घटना अनुसन्धानमा देवकोटाले ती महिलाले सार्वजनिक स्थानमा केही खसाएपछि उनलाई बोलाउँदै पछि लागेको देखिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here