मुम्बई । बाहुबलीका हिरो प्रभासको नयाँ फिल्म साहोमा अन्तत: श्रद्धा कपुरले काम गर्ने भएकी छन् ।लामो समयको सस्पेन्सपछि साहोमा श्रद्धाले नै गर्ने निश्चित भएको हो । अब श्रद्धाले बाहुबली फेम प्रभाससँग पर्दामा रोमान्स गर्ने भएकी छन् ।

हिन्दी सहित मलेयालम, तमिल र तेलेगुमा पनि बन्ने साहोलाई सुजिथले निर्देशन गर्दै छन् । फिल्मको सुटिंग पनि सुरु भैसकेको छ । फिल्मलाई भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिने बताइएको छ । फिल्ममा शंकर एहसान लोयले संगीत दिदैछन्

यसअघि सो भूमिकाका लागि अनुष्का सेठ्ठीको नाम चर्चामा रहेको थियो । मुम्बई मिररका अनुसार अनुष्काको वजन धेरै भएका कारण फिल्ममा लिन नसकेको फिल्मका निर्माताले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here