भदौ १४, काठमाडौं। नायिका श्वेता खडकाले निर्माण गर्न लागेको ‘एकिकृत  नमुना माझी बस्ती विकास परियोजना’लाई २० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । नायिका श्वेता खड्का द्वारा स्थापित सामाजिक संस्था ‘श्वेताश्री फाउन्डेशन’ले चौतारा साँगाचोकगढी नगरपालिकामा  निर्माण गर्न लागेको एकिकृत  नमुना माझी बस्ती विकास परियोजनालाई आर्थिक सहयोग स्वरुप  मंगलवार  बंगलादेशको स्थापित ढाका क्लबले फाउण्डेशनलाइ २० लाख रुपैयाँ सहयोग गरेको हो।

श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले बस्तीमै पुगेर मंगलवार सो रकमको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण गर्ने क्रमम अधिकृत आलिमले ०७२ बैशाख १२ गते गएको महा भूकम्पले माझी बस्तीलाई पुर्‍याएको क्षति देखेर आर्थिक सहयोग गरेको खुलाएका थिए। यतिबेला चलचित्र कान्छिको सुटिङ्मा व्यासत रहेकी उक्त संस्थाकी अध्यक्ष नायिका श्वेता खड्का  भने उक्त कार्यक्रममा उपस्थित थिइनन्।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here